२ पुष २०७४, आईतवार

सुजाता मिश्र

काठमाण्डौ । भारतीय चर्चित मोडलिङ रियालिटी शो ‘इन्डियाज नेक्स्ट टप सुपर मोडल सिजन ३’को ग्रान्ड फिनाले शनिवार साझ सम्पन्न भएको छ ।

ग्रान्ड फिनालेमा नेपालकी सबिता कार्की प्रवेश गरेकी थिईन् । उनि अडिसन राउण्ड पार गर्दै फिनाले सम्म पुग्न सफल भएकी हुन् । एम. टि.भी इन्डियाबाट हरेक शनिवार साझ ७स्१५ बजे प्रशारण हुने उक्त शोका धेरै युवतीहरुलाई पछि पार्दै सबिता फिनाले सम्म पुगेकी थिइन् ।

राम्रो वाकका कारण सबै जर्जहरुको मन जिती सकेकी उनले शोमा एक पटक पावर पनि पाईसकेकी हुन्। शनिबार साझ ७स्१५ बजे सम्पन्न भएको ग्रान्ड फिनालेमा सबिता कार्कीसँग इन्डियाकै मोडल स्वेताराज र रियाको भिडन्त भएको थियो।

उक्त भिडन्तमा नेपालकी सविता कार्कि फस्ट रनरअप बन्न सफल भईन् भने सेकेन्ड रनरअपमा स्वेताराज पर्न सफल भईन् । ‘इन्डियाज नेक्स्ट टप सुपर मोडल सिजन ३’ कि विजेता भने इंडियाकी रिया सुबोध भईन् ।

LIVE TV