२ पुष २०७४, आईतवार

काठमाडौं। समानुपातिकतर्फको मतगणना आइतबार सकिने रहेको छ । प्रतिनिधिसभामा समानुपातिकबाट चुनिने सांसदको नाम टुंगो लाग्न दुई हप्ता लाग्ने देखिएका छन्।

मतदान अधिकृतले सबै क्षेत्रबाट मतको सनाखत गरी लिखित विवरण पठाइसकेपछि सम्बन्धित दललाई उनीहरुले पाएको सिट संख्या तोकी नाम टुंगो लगाउन दललाई १ हप्ता जतिको समय दिएर पत्र पठाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए  ।

अहिलेसम्म एमालेको अग्रता कायमै छ । मतगणनाको अन्तिम परिणाम आइनसकेपनि ५ वटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने र प्रतिनिधिसभामा पनि तीनै ५ दलबाट मात्र सांसद बन्ने निश्चित भएका छन् ।

LIVE TV