२ पुष २०७४, आईतवार

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको कार्यक्रममा नेताहरूको स्वागतका लागि सहरदेखि गाउँसम्म गोदाबरी फूलको कारोबार बढेका  छन् । पुष्प कारोबार गर्नेका लागि चुनाव आम्दानीको बनेको छ ।

कारोबार खवर अनुसार फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)काअनुसार चुनावी कार्यक्रमको करिव एक महिनामा करिव २ करोड ५० लाख रकम बराबरको मालाको कारोबार भएको छ । “चुनावको प्रचारप्रसारमा हिँड्ने नेताहरूलाई स्वागत गर्नका लागि यसपटक सयपत्री फूलको बढी प्रयोग भएको देखिएको छ,” फ्यानका अध्यक्ष कुमार कसजु भन्छन्, “सहरदेखि गाउँसम्म चुनावी अभियानमा जताततै फूलको प्रयोग भएको छ, यसले पुष्प बजार थप चलायमान भएको छ ।”

तिहारको अवधिमा औषतमा दैनिक ५ हजारदेखि ७ हजार गोटा सयपत्री फूलको माला बिक्री हुने गरेकोमा चुनावी अभियानका क्रममा १० देखि १२ हजार गोटा पुगेको गरेको उनले बताए ।

 

LIVE TV