२ पुष २०७४, आईतवार

काठमाडौं । राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश ‘गैरसंवैधानिक’ ढङ्गले अघि नबढाएको बताउँदै कानुनमन्त्री यज्ञबहादुर थापाले सरकारको बचाउ गरेको छ।

संसद विघटन हुनुभन्दा अघि नै गत असोज महिनामा राष्ट्रिय सभा निर्वाचन एकल संक्रमणीय वा बहुमतीय प्रणालीबाट गर्नेबारेमा सहमति नजुटेकोले सरकारले उक्त अध्यादेशलाई निर्वाचन प्रक्रिया शुरु नहुँदै अघि बढाएको कानुनमन्त्री थापाले जनाए।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराउँदै आएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने चुनावी परिणाम आफू अनुकूल नभएपछि सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले ‘गैरसंवैधानिक’ ढङ्गले अध्यादेश अघि बढाएको आरोप लगाएका छन्।(बीबीसी )

LIVE TV