२ पुष २०७४, आईतवार

काठमाण्डौ । सरकार र राजनीतिक दलहरुबीच राष्ट्रिय सभा पहिला वा नयाँ सरकार गठन भन्ने विवाद चुलिदो छ । सरकारले निर्माण गरेको अध्यादेशमा त्रुटि देखिएपछि अध्यादेश पारित नहुँदा विवाद झन चुलिएको छ भने राष्ट्रपतिलाई समेत विवादमा मुसेको भन्दै एमाले र काँग्रेसबीच विवाद सुरु भएको छ ।

नेपाली काँग्रेसको एकल संक्रमणीय निर्वाचन प्रणाली हुनुपर्ने अडान र एमालेको बहमुतीय संक्रमणीय प्रणाली हुनुपर्ने अडानका कारण देखिएको विवादले सरकार गठन र राष्ट्रिय सभा निर्वाचनको विषयमा जटिलता थपिएको छ । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटमा समेत यो विषयले गम्भीरताका साथ प्रवेश पाएको थियो । भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले अध्यादेश रोक्न नमिल्ने धारणा राख्दै एकल संक्रमणीय निर्वाचन प्रणालीकै आधारमा रहेर कानून पारित हुनुपर्ने अडानले निर्वाचनपछि नयाँ सरकार गठनका विषय अन्यौल भएको छ ।

सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश पारित नगर्नका लागि एमालेले उक्साइरहेको भन्दै राष्ट्रपतिलाई असंवैधानिक काम गर्न उक्साएर विवादमा तान्न नहुने प्रधानमन्त्री देउवाले बताउनुभएको थियो । राष्ट्रपतिलाई विवादमा तानेर एमालेले गलत गरेको भन्दै अध्यादेश कुनैपनि हालतमा पारित हुनुपर्ने अडान दोहो¥याउनुभएको थियो ।

LIVE TV