२ पुष २०७४, आईतवार

काठमाडौं । सर्वसाधारणबाट ६ अर्बभन्दा बढी रुपैयाँ असुल गरी ठगी गरेको मुद्वामा जिल्ला अदालत ललितपुरले सजाए सुनाएका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकहरुलाई ठगी मुद्वामा उच्च अदालत पाटनले सफाइ दियो । तर युनिटीका सञ्चालकनै नरहेका तर सञ्चालक मध्य एक भनी झुटो आरोप लागेका तेह्रथुमका विश्वनाथ गौतम भने अनाहकमा ७ बर्ष २ दिन जेल सजाए भोगेर केहि दिन अघि मात्रै रिहा भएका छन् ।

गौतमलाई युनिट लाइफका सञ्चालकका रुपमा ठगी, वितिय कारोवार, बैंकिङ कसुर राजश्व चुहावट मुद्वामा ललितपुर जिल्ला अदालत तथा सुनसरी जिल्ला अदालतबाट २०६७ माघ ४ गते ३ बर्ष ३ बर्ष कैद सजाएँ र १ करोड धरौटी सजाँए सुनाएको थियो तर धरौटी भुतmानी गर्न नसकेपछी ४ बर्ष थप जेल सजाँए भोगेर उनि निस्किए ।

तत्कालिन राजश्व अनुशन्धान विभागका उपमहानिर्देशक राममणी दुवाडीको नेतृत्वमा गठित छानबिन समितीले गौतमलाई युनिटी लाइफका संस्थापक सञ्चालक भनेर प्रतिवेदन बुझायो र यहि प्रतिवेदनको आधारमा ललितपुर जिल्ला अदालतका तत्कालिन न्यायधिश टेकनारायण कुवंरको एकल इजलासले उनलाई ७ बर्ष जेल सजाएको फैसला सुनायो ।

७ जनाको सञ्चालक समिती रहेको युनिटी लाइफमा उनलाई ८ आँै सञ्चालक सदस्य देखाइयो जब की कुनै पनि कम्पनीमा जोरसँख्यामा सञ्चालक समिति नै बन्दैन । कम्पनी रजिष्टरको कार्यालयमा दर्ता भएको युनिटी लाइफ इन्टरनेशन कम्पनी लिमीटेडको रेकर्डमा उनि सञ्चालकको सुचिमा छैनन् । यो प्रमाण कम्पनी रजिष्टरको कार्यालयले सरकारलाई बुझाएको छ ।

यस्तै गौतम जेल पुगिसकेपछि पटक पटक गृह मन्त्रालयले राज्यका तर्फबाट तयार भएको रिर्पोट पर्याप्त सुचनाको अभावले मुद्वा फिर्ता लिन मिल्ने भन्दै महान्याधिवतmाको कार्यालयलाई २०७२ जेठ १७ गते पत्रचार गरेको छ । यसरी देशको गृहमन्त्रालयले निर्दोष भएको र राज्यले क्रुटी गरेको स्वीकार गरीसके पछि पनि गौतमलाई ३ बर्ष सम्म जेलमै राखियो ।

युनिटलाइफ का अध्यक्ष काँशीराम प्रसाद गुरुङले समेत विश्वनाथ गौतम सञ्चालक नभएको प्रमाण पेश गरेका छन् । उनिसँग युनिटीलाइको कर्मचारी भएको नियुतmी पत्र अझै छ । यति मात्रै होइन ७ बर्षको अवधीमा बनेका हरेक सरकारका प्रधानमन्त्रीहरुले विश्वनाथ गौतम निर्दोष भएको र राज्यपक्षबाट गल्ती भएको भन्दै न्याय दिलाउे वचन दिए । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगाएत राजनितिक दलले पटक पटक विश्वनाथ गौतम निर्दोष देखिएको भन्दै मुद्वा फिर्ताको माग गरीररहे ।

विश्वनाथ गौतमकी श्रीमती दिपा अधिकारी गौतम श्रीमानको पक्ष प्रमाण जुटाउन र न्याय खोज्न नपुगेकी कुनै ठाँउ छैन । उनि १७ महिना देखी सिंहदरबार अघि धर्ना बस्न बाध्य भइन । तर निर्दोष भन्ने सबै प्रमाण पुगीसके, बोल्नु पर्ने नेताहरु बोलीदिए, लेख्नु पर्ने र भन्नु पर्ने सबै सञ्चार माध्यले आफ्नो भुमीका देखाइसके तर उनको मुद्वा फिर्ता भएन न त उनि रिहा नै भए ।

गौतम युनीटी लाइफमा जोडीनु अघि नोबेल सपी नेपाली कम्पनीका निर्देशकका रुपमा काम गर्थे । यो कम्पनी पछि युनीटीले किन्यो र उनि पनि युनीटीका कर्मचारीकारुपमा प्रवेश गरे । घरमा वृद्व आमा,४ छोराछोरी र श्रीमती सहित गौतम सुखी जीवन बिताइरहेका थिए । एकाएका एक युनिटकाण्ड काण्डका दोषीहरुलाइ खोजियो । सञ्चालक समितीका सबै मानिसहरु फरार भएपछि सञ्चालक भएको झुटो आरोपमा गौतम नख्खु कारागार पुगे ।

यो अवधिमा परिवार छिन्नभिन्न भयो, राज्य प्रतिको विश्वास गुम्यो, न्याय भन्ने चिज नै नरहेको आभास भयो गौतमको परीवारमा ।परीवारको स्थीती र मनस्थीती बुझ्न हामी गौतमको घर पुग्यौँ । वृद्व आमाका साथमा रहेको उनको परीवारमा यो घटना काँडा बनी बिझेको छ ।

गौतम जेलमै हुँदा उनकी जेठी छोरीको कन्यादान दिन १ घण्टाको लागि जेलर सहित विवाह मण्डपमा आए तर छोरी अन्मीनुको दुख भन्दा उनको पिडा देखेर रुनेको भिड थियो । १ घण्टाको लागि कैदीकै रुपमा कन्यादान गर्न आएका आफ्ना बाबु र उतm दिन यसरी सम्झीन्छन् छोरी ।

अनाहकमा जेल परेका श्रीमानको न्यायका लागि भौतारीएकी दिपा अधिकारी गौतम राजनितिक पृष्ठभुमीकी मान्छे हुन् । अहिलेका शिर्ष भनिएका नेताहरुसँग सँगै राजनितिक परीर्वतनमा लागि तर जब आफै माथी राज्यले अन्याय ग¥यो यसको पिडा अशह्य भयो उनका लागि ।

अच्चम लाग्न सक्छ, नख्खु जेलमा विश्वनाथ गौतमलाई उडुसको टोकाइ यति भयो कि उनले त्यहि रगतले परिवारलाई चिठी लेख्थे, अन्याय विरुद्वका नारा लेखेका थिए ।

अनाहकमा जेल सजाए भोगेर निस्केका विश्वनाथमा अझै पनि न्यायको आशा मरेको छैन । अहिले बानेश्वरमा उनि न्यायको भिक माग्दै धर्ना बसिरहेका छन् । अहिले पनि देशका विभिन्न अदालतमा यहि बिषयका उनि विरुद्वका मुद्वा छन् जुनमा मुद्वामा उनि निर्दोष हुन भन्ने प्रमाण यथेष्ट छन र पनि जेल जिवन भोगी सके । उनी विश्वभर ठग, दोषी भनेर चिनिए तर जब उनि निर्दोष छन् अबको उनको माग यहि गलत छाप मेटाउनु हो ।

LIVE TV