२ पुष २०७४, आईतवार

बारा । तराईका जिल्लामा  शीतलहर बढेको कारण मध्यतराईको जनजीवन कष्टकर बनेका छन्।  शितलहरले मध्य तराईका बारा,रौतहटलगायतको विभिन्न जिल्लामा मानिसहरुलाई हिडडुलमा सकस भएको छ।

हावा चल्ने र घाम नलाग्ने भएपछि चिसो बढेको हो । एक्कासी बिहान र राती बाक्लो हुस्सु लाग्न थालेपछि जाडोबाट बच्नका लागि तराईका ग्रामिण भेगमा आगो बालेर ताप्न थालिएको छ । मध्य तराईमा चिसो बढेसँगै बालबालिका र बृद्धबृद्धाहरुको स्वास्थ्यमा बढी असर पारेको छ ।

चिसोबाट बालबालिकामा निमोनिया र बृद्धाहरुमा दम खोकीको असर देखा पर्ने गरेकोले सजग भएर बस्न डा. रवीन्द्र सिंहले सर्वसाधारणहरुलाई सल्लाह दिएको छ । शितलहरसँगै चलेको हावाले झन् हुस्सु र चिसो बढाएको हो ।(नयाँ पत्रिका )

 

LIVE TV