१ पुष २०७४, शनिबार

काठमाडौं, १ पुस । वाम गठबन्धनलाई जनताले स्थिर सरकारका लागि स्ष्ट बहुमत दिइसकेका छन् । तर चुनाव परिणाम नआइसक्दै वाम गठबन्धनमा फुट ल्याउन देशी विदेशी शक्तिहरु सक्रिय भएका छन् ।

तर जनताले वाम गठबन्धनलाई ५ बर्ष सरकार चलाएर विकासलाई तिव्रता दिन मत दिएका छन् । जनताको आदेश अनुसार वाम गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने ८० प्रतिशत भन्दा बढी एमाले र माओवादीका नेता कार्यक्र्ताहरु छन् ।

वाम गठबन्धन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका माओवादी केन्द्रका प्रभावाशाली नेता तथा उज्यालो नेपालका अभियन्ता जनार्दन शर्माले वाम गठबन्धनलाई कसैले पनि रोक्न नसक्ने प्रष्ट पारेका छन् ।

वाम एकता र सरकार निर्माणका बारेमा अनेक आशंका हुन थालेपछि उनले शनिबार सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘वाम गठबन्धनले पाएको मत पार्टी एकता, राजनीतिक स्थायित्व र राष्ट्रको समृद्धिका लागि हो । जनअनुमोदित भएका यी ३ वटा उपलब्धीलाई अब कसैले पनि रोक्न सक्दैन ।’

LIVE TV