१ पुष २०७४, शनिबार

७ बर्ष जेल बसेका एक निर्दोषको कथा

  • युवराज कँडेल,

काठमाडौं । सर्वसाधारणबाट ६ अर्बभन्दा बढी रुपैयाँ असुल गरी ठगी गरेको मुद्वामा जिल्ला अदालत ललितपुरले सजाए सुनाएका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकहरुलाई ठगी मुद्वामा उच्च अदालत पाटनले सफाइ दियो । तर युनिटीका सञ्चालकनै नरहेका तर सञ्चालक मध्य एक भनी झुटो आरोप लागेका तेह्रथुमका विश्वनाथ गौतम भने अनाहकमा ७ बर्ष २ दिन जेल सजाए भोगेर केहि दिन अघि मात्रै रिहा भएका छन् ।

गौतमलाई युनिट लाइफका सञ्चालकका रुपमा ठगी, वितिय कारोवार, बैंकिङ कसुर राजश्व चुहावट मुद्वामा ललितपुर जिल्ला अदालत तथा सुनसरी जिल्ला अदालतबाट २०६७ माघ ४ गते ३ बर्ष ३ बर्ष कैद सजाएँ र १ करोड धरौटी सजाँए सुनाएको थियो तर धरौटी भुतmानी गर्न नसकेपछी ४ बर्ष थप जेल सजाँए भोगेर उनि निस्किए ।

तत्कालिन राजश्व अनुशन्धान विभागका उपमहानिर्देशक राममणी दुवाडीको नेतृत्वमा गठित छानबिन समितीले गौतमलाई युनिटी लाइफका संस्थापक सञ्चालक भनेर प्रतिवेदन बुझायो र यहि प्रतिवेदनको आधारमा ललितपुर जिल्ला अदालतका तत्कालिन न्यायधिश टेकनारायण कुवंरको एकल इजलासले उनलाई ७ बर्ष जेल सजाएको फैसला सुनायो ।

७ जनाको सञ्चालक समिती रहेको युनिटी लाइफमा उनलाई ८ आँै सञ्चालक सदस्य देखाइयो जब की कुनै पनि कम्पनीमा जोरसँख्यामा सञ्चालक समिति नै बन्दैन । कम्पनी रजिष्टरको कार्यालयमा दर्ता भएको युनिटी लाइफ इन्टरनेशन कम्पनी लिमीटेडको रेकर्डमा उनि सञ्चालकको सुचिमा छैनन् । यो प्रमाण कम्पनी रजिष्टरको कार्यालयले सरकारलाई बुझाएको छ ।

यस्तै गौतम जेल पुगिसकेपछि पटक पटक गृह मन्त्रालयले राज्यका तर्फबाट तयार भएको रिर्पोट पर्याप्त सुचनाको अभावले मुद्वा फिर्ता लिन मिल्ने भन्दै महान्याधिवतmाको कार्यालयलाई २०७२ जेठ १७ गते पत्रचार गरेको छ । यसरी देशको गृहमन्त्रालयले निर्दोष भएको र राज्यले क्रुटी गरेको स्वीकार गरीसके पछि पनि गौतमलाई ३ बर्ष सम्म जेलमै राखियो ।

युनिटलाइफ का अध्यक्ष काँशीराम प्रसाद गुरुङले समेत विश्वनाथ गौतम सञ्चालक नभएको प्रमाण पेश गरेका छन् । उनिसँग युनिटीलाइको कर्मचारी भएको नियुतmी पत्र अझै छ । यति मात्रै होइन ७ बर्षको अवधीमा बनेका हरेक सरकारका प्रधानमन्त्रीहरुले विश्वनाथ गौतम निर्दोष भएको र राज्यपक्षबाट गल्ती भएको भन्दै न्याय दिलाउे वचन दिए । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगाएत राजनितिक दलले पटक पटक विश्वनाथ गौतम निर्दोष देखिएको भन्दै मुद्वा फिर्ताको माग गरीररहे ।

विश्वनाथ गौतमकी श्रीमती दिपा अधिकारी गौतम श्रीमानको पक्ष प्रमाण जुटाउन र न्याय खोज्न नपुगेकी कुनै ठाँउ छैन । उनि १७ महिना देखी सिंहदरबार अघि धर्ना बस्न बाध्य भइन । तर निर्दोष भन्ने सबै प्रमाण पुगीसके, बोल्नु पर्ने नेताहरु बोलीदिए, लेख्नु पर्ने र भन्नु पर्ने सबै सञ्चार माध्यले आफ्नो भुमीका देखाइसके तर उनको मुद्वा फिर्ता भएन न त उनि रिहा नै भए ।

गौतम युनीटी लाइफमा जोडीनु अघि नोबेल सपी नेपाली कम्पनीका निर्देशकका रुपमा काम गर्थे । यो कम्पनी पछि युनीटीले किन्यो र उनि पनि युनीटीका कर्मचारीकारुपमा प्रवेश गरे । घरमा वृद्व आमा,४ छोराछोरी र श्रीमती सहित गौतम सुखी जीवन बिताइरहेका थिए । एकाएका एक युनिटकाण्ड काण्डका दोषीहरुलाइ खोजियो । सञ्चालक समितीका सबै मानिसहरु फरार भएपछि सञ्चालक भएको झुटो आरोपमा गौतम नख्खु कारागार पुगे ।

यो अवधिमा परिवार छिन्नभिन्न भयो, राज्य प्रतिको विश्वास गुम्यो, न्याय भन्ने चिज नै नरहेको आभास भयो गौतमको परीवारमा ।परीवारको स्थीती र मनस्थीती बुझ्न हामी गौतमको घर पुग्यौँ । वृद्व आमाका साथमा रहेको उनको परीवारमा यो घटना काँडा बनी बिझेको छ ।

गौतम जेलमै हुँदा उनकी जेठी छोरीको कन्यादान दिन १ घण्टाको लागि जेलर सहित विवाह मण्डपमा आए तर छोरी अन्मीनुको दुख भन्दा उनको पिडा देखेर रुनेको भिड थियो । १ घण्टाको लागि कैदीकै रुपमा कन्यादान गर्न आएका आफ्ना बाबु र उतm दिन यसरी सम्झीन्छन् छोरी ।

अनाहकमा जेल परेका श्रीमानको न्यायका लागि भौतारीएकी दिपा अधिकारी गौतम राजनितिक पृष्ठभुमीकी मान्छे हुन् । अहिलेका शिर्ष भनिएका नेताहरुसँग सँगै राजनितिक परीर्वतनमा लागि तर जब आफै माथी राज्यले अन्याय ग¥यो यसको पिडा अशह्य भयो उनका लागि ।

अच्चम लाग्न सक्छ, नख्खु जेलमा विश्वनाथ गौतमलाई उडुसको टोकाइ यति भयो कि उनले त्यहि रगतले परिवारलाई चिठी लेख्थे, अन्याय विरुद्वका नारा लेखेका थिए ।

अनाहकमा जेल सजाए भोगेर निस्केका विश्वनाथमा अझै पनि न्यायको आशा मरेको छैन । अहिले बानेश्वरमा उनि न्यायको भिक माग्दै धर्ना बसिरहेका छन् । अहिले पनि देशका विभिन्न अदालतमा यहि बिषयका उनि विरुद्वका मुद्वा छन् जुनमा मुद्वामा उनि निर्दोष हुन भन्ने प्रमाण यथेष्ट छन र पनि जेल जिवन भोगी सके । उनी विश्वभर ठग, दोषी भनेर चिनिए तर जब उनि निर्दोष छन् अबको उनको माग यहि गलत छाप मेटाउनु हो ।

रोजगारीका लागि दक्षिण अफ्रिका पु¥याउने भन्दै ठगी

कठमाडौं । विभिन्न प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाई ठगी भएका घटना हामीले यस कार्यक्रममा बारम्बार देखाउदै आएका छौं । हामी जतिजति रिर्पोटहरु देखाउदै जान्छौं त्यतित्यति वैदेशिक रोजगारीका लागि विदेश पठाउने म्यानपावर र दलालहरुबाट ठगीएका घटनाहरु उजागर हुँदै गएका छन् ।

यसरी नै अर्का दलालबाट ठगिएका छन्, पाँच युवा । दक्षिण अफ्रिकाको सुपरमार्केटको कामका लागि साढे चार लाख रुपैयाँ बुझाएर भारतको दिल्लीबाट विभिन्न देशहरु हुँदै गत जुनमा झापा र मोरङ्गका पाँच युवा दक्षिण अफ्रिका पुगेका थिए । दक्षिण अफ्रिका पुगेका ति युवा काम र भनेको रकम नपाएपछि अलपत्र परे । परिवारले पठाएको रकम र साथीहरुको सहयोगमा नेपाल फर्किएको झापाका कमल गाउँपालिकाका निर्मलकुमार दंगाल, मोरङ्ग सुन्दर हरैंचाका झप्ट बहादुर भुजेलले आफुलाई ठग्ने दलाल नभेटाएपछि हाम्रो सम्पर्कमा आएका छन् ।

उनीहरुका अनुसार उनीहरुसँगै दक्षिण अफ्रिका पुगेका झापा गौरादहका सन्तोष काफ्ले, मोरङ्ग सुन्दर हरैंचाका एकराज सार्की र मोरङ्गको रतुवामाईका डम्बर राउत अझै अलपत्र छन् । उनीहरुलाई विदेशी पठाएका दलाल झापा गौरादह–२ का इश्वरीप्रसाद पाण्डे र धनकुटा पाख्रिबासका गणेश चापागाई भारतको नयाँ दिल्लीमा बसेर पिडितलाई नचिन्ने बताइरहेका छन् ।

चर्काे ब्याजमा लिएको रकम दलाललाई बुझाएर विदेशीएका उनीहरुले विदेश गएर न पैसा नै कमाउन सके, न पैसा बुझेका दलाल सम्पर्कमा नै छन् । दक्षिण अफ्रिकामा अलपत्र परेका साथीहरुलाई नेपाल फर्काउन र आफ्नो पैसा फिर्ता गरिदिन उनीहरुको आग्रह छ ।

भुकम्प पीडित कोटाको ट्याक्सी नामसारी गर्न मात्रै ५० हजार घुस लिने कर्मचारी

उपत्यका स्थीत यातायातका कार्यालयहरुमा सवारी चालक अनुमती पत्रदेखी सवारी दर्ता, नामसारी गर्दा समेत विभिन्न समस्या देखाएर कर्मचारीहरुले घुस माग्नेहरुको धेरै गुनासो आइरहेका हुन्छन् । हामीले कार्यक्रममा यातायात कार्यालयहरुमा हुने यस्ता गतिविधी बारम्बार देखाइरहेका छाँैँ ।

शुक्रबार फेरी ललितपुर एकान्तकुना स्थीत विभागको साना ठुला सवारी हेर्ने कार्यालयका नायब शुब्बा ट्याक्सी नामसारी गरिदिएवापत ५० हजार घुस लिदैँ गर्दा रङगेहात अख्तियारको फन्दामा परेका छन् ।
भुकम्प पिडितको कोटामा परेको ट्याक्सी बाबुको नामबाट छोराको नाममा नामसारी गर्न खोज्दा नायब शुब्बा ईश्वर बाबु गौतमले ५० हजार घुस लिएको अख्तीयारको दाबी छ ।

तनहुँ स्थायी ठेगाना भएका गौतम हाल काठमाडांै सितापाइलमा बस्दै आएका छन् । यो कार्यालयमा उनि विगत ३ बर्षदेखी ट्याक्सी फाँटमा कार्यरत रहेका छन् ।

मंसिर मसान्त अर्थात शुक्रबार सम्म मात्रै भुकम्प पिडितको कोटाको ट्याक्सी दर्ता गर्ने अन्तिम म्याद थियो । बाबुको नाममा कोटा पाएको ट्याक्सी बाबुको मृत्यु भएपछि छोराले नामसारी गर्न थालेका थिए । पछिल्ला दिनहरुमा अख्तियारको सक्रियताको कारण सरकारी कार्यालयमा दिनहुँ यसरी घुस खानेहरु रङगेहात पक्राउ परीरहेका छन् ।

रेशम चौधरीको बिषयमा अब के हुन्छ ?

प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन पछि यतिबेला सञ्चार माध्यममा रेशम चौधरी चर्चामा छन् । २०७२ भदौ ७ गते टीकापुर घटनामा संलग्न भएको भन्दै जिल्ला अदालत कैलालीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार डकैतीसम्बन्धी तीनवटा मुद्दामा पक्राउ पुर्जी जारी गरेका चौधरी प्रतिनिधि सभा सदस्यको लागि कैलाली क्षेत्र न १ बाट ३४ हजार बढि मत लिएर बिजयी भएपछी उनी बहसका पात्र बनेका छन् ।

अदालतको पक्राउ आदेशपछि भुमीगत चौधरीले राष्ट्रिय जनता पार्टीबाट वारेस मार्फत प्रतिनिधी सभा सदस्यको लागि उमेदवारी दर्ता गराएका थिए । अदालतको आदेश पछि फरार चौधरीका विरुद्व निर्वाचनको दाबी विरोध अवधिमा पनि कसैको उजुरी परेन । मतदान पछि उनि निर्वाचीत भए ।

निर्वाचन आयोगले उनलाई अहिले सम्म निर्वाचितको प्रमाणपत्र दिएको भने छैन । प्रहरीले अहिले पनि अदातलबाट पक्राउ आदेश भएकाले भेटीदाँ साथ अदालतमा पेश गर्ने भन्दै आएको छ । फरार रहेकै बेला चुनवा जितेका चौधरीले वारस मार्फत प्रमाण पत्र पाउनु पर्ने भन्दै वारेस मार्फत सर्वोच्च अदालतमा रिट दायर गर्न खोजे तर अदालतले हत्या अभियोगमा फरार व्यतmीको रिट वारेस मार्फत लिन नमिल्ने भन्दै अस्वीकार गरेको जनाएको छ ।

तर शुक्रबार मात्रै उच्चस्तरीय जाँचबुझ आयोगले कैलालीको टीकापुर घटनाको मुख्य योजनाकार रेशम चौधरी नभएको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । प्रतिवेदनमा चौधरी पुर्ण निर्दोष नभए पनि मुख्य योजनकार नभएको उल्लेख गरीएको छ । साथै चौधरीलाई टिकापुर घटनाका पिडितकारुपमा उल्लेख गरीएको छ ।

उनले निर्वाचितको प्रमाण पत्र पाए र प्रतिनिध सभाको सपथ लिएमा उनि विरुद्वको मुद्वा तथा उनको सांसद पद के हुने भन्ने आम चासोको बिषय बनेको छ ।

LIVE TV