१ पुष २०७४, शनिबार
  • रामहरि श्रेष्ठ

ओखलढुंगा । भुकम्पपछि सरकारले दिने अनुदान रकमका लागि सबै प्रकृया पूरा गरेको भए पनि ओखलढुंगाका लाभग्राहीले भने पहिलो किस्ता बापतको रकम समेत पाउन सकेका छैनन् । प्राविधिकले अनुगमन गर्दा अनुदान पाउने लाभग्राहीको सुचीमा घर परेको भए पनि अहिलेसम्म पहिलो किस्ताको ५० हजार समेत पाउन नसक्दा सर्बसाधरण अन्यौलमा परेका छन् ।

अनुदानका लागि घरको चेकजाँच पछि सबै कानुनी प्रकृया पूरा गरेको कागजपत्र राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण जिल्ला समन्वय समितिमा पठाएको भएपनि उनिहरुको बिबरण अध्यावधिक गर्दा फरक परेकाले समस्या भएको प्राधिकरण भनाई छ ।

ओखलढुंगामा पहिलो किस्ताका लागि सम्झौता भएका तर किस्ता नै नपाएका लाभग्राहीको संख्या ७० भन्दा बढि छन् । यसरी लाभग्राहीको सुचीमा नाम परेका तर पहिलो किस्ताको रकम नै नपाएका लाभग्राही जिल्लामा ठूलो मात्रामा रहेको भन्दै उनिहरु दैनिक रुपमा आफुहरुका कहाँ आउने गरेको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनु भयो ।

गाउँपालिकाको प्रत्यक वडामा प्राबिधिकहरु ईन्जिनियरहरु खटिरहेका छन् । तर पहिलो किस्ताका लागी लागग्राहीहरु बैकमा जादा समेत कागजपत्र नआएको भन्दै फकाउने गरेका गुनासाहरु आउने गरेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सबिता राईले बताउनुभयो ।

गाउँगाउँमा खटिएका प्राबिधिकहरु गाउँमा नबस्ने जनप्रतिनिधिको गुनासो रहेको भएपनि अनुगमन जाँदा उनिहरु गाउमै भेटिने गरेको राष्ट्रिय पुननिमार्ण प्राधिकरण जिल्ला समन्वय समितिका ईन्जिनियिर आशिष श्रेष्ठको जिकिर छ ।

ओखलढुंगामा भूकम्प पछिको सर्बेक्षणका क्रममा जम्मा लाभग्राहीको संख्या २० हजार १ सय ६५ रहेको भएपनि अहिले सम्ममा ५ सय ३० जनाले मात्रै दोस्रो किस्ता बापतको १ लाख ५० हजार पाएका छन् । त्यस्तै १ सय १३ जनाले तेस्रो किस्ता बापतको रकम लिएका छन् ।

LIVE TV