१ पुष २०७४, शनिबार

काठमाडौं । अन्तर्राष्ट्रिय टी ट्वेन्टी त्रिदेशीय ह्विल चेयर क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै नेपालले उपाधि जितेका हुन्। नेपालले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको बंगलादेश १८ ओभर २ बलमा १ सय ६ रनमा बाहिरियो।

बंगलादेशको तीन विकेट विपिन पौड्यालले लिएका हुन्। टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो ।

 

LIVE TV