१ पुष २०७४, शनिबार
  • सरिना मसासिनी

रुपन्देही। प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मतदाताशिक्षा प्रभावकारी नहुदा रुपन्देहीमा यसपटक बदर मतको संख्याअत्यधिक भएको छ । मतदाता शिक्षालाइ प्रभावकारी बनाउदै बदर मतको संख्या घटाउन जिल्लामा करिब ६ सय मतदाताशिक्षा स्वयम सेवक खटाइएपनि मत भने अत्याधिक बदर भएको छ । रुपन्देहीमा १ लाख २९ हजार ५ सय १५ मत बदर भएको छ ।

जितका लागि बाम र लोकतान्त्रिक गठबन्धन बनाएका ठुला दलले मतदानको तरीका नसीकाई आ—आफ्ना चुनाव चिन्हमा छाप लगाइएको नमुनामतपत्र बडेकाले त्यसले पनि मतदातालाइ झुक्याएको थियो । जसकाकारण प्रत्यक्ष र समानुपातिकदुवै तर्फगरी जिल्लामा १ लाख २९ हजार ५ सय १५ मत बदर भएको छ ।

समानुपातिकमा प्रतिनिधि र प्रदेश सभाको १ लाख ७ हजार ३ सय ९६ मतबदर भएको छ । कुल ३ लाख ९१ हजार ९ सय ८६ मत खसेकोमा समानुपातिकमा २७ दशमलव ४ प्रतिशतमतबदर भएको मुख्यनीर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले दिएको तथ्याङ्कअनुसार प्रतिनिधि सभाको ४२ हजार १ सय ५९ र प्रदेश सभातर्फको ६५ हजार २ सय ३७ मतबदर भएको हो । प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फ २२ हजार १९९ मतबदर भएको छ । प्रत्यक्षमा ५ दशमलव ६४ प्रतिशतबदर भएको हो ।

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा समानुपातिकतर्फ सबैभन्दा धेरै ४ नम्बर क्षेत्रमा मतबदर भएको छ । दुइनम्बर क्षेत्रमा कम मतबदर भएको छ । कुल ६७ हजार ७६९ मत खसेको ४ नम्बरक्षेत्रमा प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ ३९ हजार २ सय ३३ मतबदर भएको हो । जिल्लाको दक्षिणी क्षेत्रमर्चवार सहितको सो क्षेत्रमा खसेको कुलमतको ५७ दशमलव ९ प्रतिशतमतबदर भएको हो ।तुलनात्मक रुपमा २ नम्बर क्षेत्रको समानुपातिकमा ७ हजार ४० मतबदर भएको छ ।

रुपन्देहीमा एउटै मतपत्रमादुइ वटा चिन्नमा छाप, मतपत्रको शिर र पुच्छारमादुइ वटा छाप, स्वस्तिक चिन्नको सट्टा औठा छाप, गठबन्धनका चिन्न मध्ये एउटै मतपत्रमा रुख र हलोमा वा सुर्य र हँसीयाहथौडामा छाप लगाइएको धेरै भेटीएको मुख्य निर्वाचन कार्यलय रुपन्देहीले जनाएको छ । समानुपातिकतर्फ प्रतिनिधि सभामा छाप लगाइएका तर प्रदेश सभामा नलगाइएका मतपत्र धेरै पाइएको छ ।

स्थानीयचुनावको तुलनामा छरीतो, सानो र छुट्टा छुट्टै मतपत्र हुँदा पनि यसरी मत खेर जानुको मुख्यकारण मतदाताशिक्षा जनता सम्म पुग्न नसक्नु रहेको मुख्यनिर्वाचन अधिकृतको कायालयले जनाएको छ । गठबन्धन गरी निर्वाचनमा गएका कारण मत बदर भएको स्थानीयको भनाई छ । कुना मतपत्रमा कस्लाई मत दिने भन्ने अन्योलका कारण मतदाता झुकिएर मत बदर भएको हो ।

LIVE TV