
काठमाडौं । भारतीय चर्चित मोडलीङ रियालिटी शो ‘इन्डियाज नेक्स्ट टप सुपर मोडल सिजन ३’को ग्रान्ड फिनालेमा नेपालबाट सबिता कार्की प्रवेश गरेकी छिन् ।
उनि अडिसन राउण्ड पार गर्दै फिनाले सम्म पुग्न सफल भएकी हुन् । एम. टि.भी इन्डियाबाट हरेक शनिवार साझ ७:१५ बजे प्रशारण हुने उक्त शोका धेरै युवतीहरुलाई पछार्दै सबिता फिनाले सम्म पुगेकी हुन्।
राम्रो वाकका कारण सबै जर्जहरुको मन जिती सकेकी उनले शोमा एक पटक पावर पनि पईसकेकी छिन्। आज् साझ ७:१५ बजे सम्पन्न हुने ग्रान्ड फिनालेमा सबिता कार्कीसँग इन्डियाकै मोडल स्वेताराज र रियाको भिडन्त हुदैछ।