१ पुष २०७४, शनिबार

जाजरकोट ।  त्रिवेणी नलगाड नगरपालिकाको वैरितालदेखि तल्लुसम्म यातायातका साधन चलाउन शुभारम्भ गरिएको छ ।

त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले शुक्रबार एक कार्यक्रमकाबीच यातायात सञ्चालनका लागि शुभारम्भ गर्नु भएको हो । रुकुमको चिसापानीदेखि राडिसम्म यातायातका साधन चल्ने भए पनि जाजरकोट खण्डमा यातायातका साधन सडक नहुँदा चल्न सकेका थिएनन् ।

वैरिताल— तल्लु यातायात सञ्चालन भएसँगै त्रिवणी नलगाड नगरपालिकाकोे विभिन्न गाउँमा सडक निर्माण र मर्मतकार्य जारी रहेको प्रमुख रावलले बताउनुभयो ।

वैरिताल कैना, कार्यखेत जिकुवा, कालमिटी लहँ, लगायतका दर्जन ठाउँमा सडक निर्माण कार्यजारी रहेको छ ।

यो ठाउँमा सडक सञ्जालले जोडेसँगै कालमिटी , दल्ली, लहँ र डाडाँगाउँका सबै वडा बस्तीमा दैनिक अतिआवश्यकीय सामग्री बिक्री वितरण गर्न सहज हुने वडा नं ३ का वडा अध्यक्ष प्रचण्ड ओलीले बताउनुभयो । यस यातायात सेवाबाट बारेकोट गाउँपालिकाका स्थानीयलाई समेत सहज हुने देखिन्छ ।

LIVE TV