१ पुष २०७४, शनिबार

एजेन्सी । अभिनेता सलमान खान र अभिनेत्री क्याट्रिना कैफ अभिनित बहुपतिक्षित फिल्म ‘टाइगर जिन्दा है’ २२ डिसेम्बरबाट रिलिजमा आउँदैछ । यो फिल्म २०१२ मा रिलिजमा आएको फिल्म ‘एक था टाइगर’को दोस्रो सिक्वेल फिल्म हो, जुन सुपरहिट फिल्म बनेको थियो ।
अब यो फिल्मको तेस्रो सिक्वेल फिल्म पनि बन्ने भएको छ । अभिनेता सलमान आफैले यस कुराको खुलासा गरेका हुन् । भर्खरै एक पुस्तक सार्वजनिक कार्यक्रममा अभिनेता सलमानले यो फिल्मको तेस्रो पार्ट ल्याउने घोषणा गरेका हुन् ।

अभिनेता सलमान खानले भने, ‘यदि अलि अब्बस जफर र कबीर खानले तेस्रो पार्टको कहानी लेखे भने हामीले यो फिल्मको तेस्रो भाग पनि लिएर आउने छौं ।’

सलमान खानको ‘टाइगर जिन्दा है’ पाकिस्तानमा निषेध

सलमानको ‘एक था टाइगर’ फिल्मलाई कबीर खानले निर्देशन गरेका हुन्, भने दोस्रो भाग ‘टाइगर जिन्दा है’ फिल्मलाई अली अब्बस जफरले निर्देशन गरेका हुन् । अहिले सलमानको यो फिल्म ‘टाइगर जिन्दा है’लाई पाकिस्तानमा निषेध गरिएको छ ।

मिडियो रिपोर्टस्का अनुसार पाकिस्तानको ब्रोडकास्टिङ मिनिष्ट्रले यो फिल्मको केही सिनमाथि आपत्ती जनाएको छ । त्यसैले सलमानको यस फिल्मको अब्जेक्शन सर्टिफिकेट दिनको लागि इन्कार गरेको छ ।

LIVE TV