
काठमाडौँ । नेपाली काँग्रेस मकवानपुरका अध्यक्ष एवं नवनिर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले हेटौँडालाई प्रदेश नं ३ को राजधानी घोषणा गर्दा उपयुक्त हुने बताउनुभएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा उहाँले जनताको चाहना र पूर्वाधारका आधारमा हेटाँैडालाई राजधानी घोषणा गर्न माग गर्नुभयो ।
त्यहाँ क्षेत्रीय वन कार्यालय, सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने भएकाले आफूले यो विचार अघि सारेको उहाँले उल्लेख गर्नुभयो ।
हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनेबारे आफूले प्रधानमन्त्री देउवासँग पनि कुरा गरिसकेकाले उपर्युक्त निर्णय हुने उहाँको विश्वास थियो ।
नेता बानियाँले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनका लागि सबै दलसँग छलफल भइरहेको जानकारी दिनुभयो ।