१ पुष २०७४, शनिबार
  • कबिन्द्र शेर्मा

पाँचथर । ढिकी, जाँतो र ओख्ली नेपालको परम्परागत पहिचान हो । तर, यसको प्रयोग विस्तारै घट्दै जान थालेको छ ।आधुनिक प्रविधिको विकाससँगै अन्नबाली कुट्न प्रयोग गरिने ढिकि, ओख्ली तथा पिस्न प्रयोग गरिने जाँतो लोप हुँदै गएको हो ।

नयाँ नयाँ प्रबिधिको प्रयोग आए पछि पाँचथरमा ढिकि, जाँतो र ओख्लीको प्रयोग हुन छाडेको हो । अन्न वाली पिस्न, कुट्न र फलाउनका लागि छिटो र सजिलो प्रबिधीको प्रयोगसंगै पाँचथरमा रहेको ढिकि, जाँतो र ओख्ली प्रचनलमा आउन छोडिसकेको छ । अन्नबाली कुट्न, पिस्न तथा फलाउन ढिकि, जाँतो र ओख्लीको साटो घट्टा, मिल तथा मिक्चरको बिकाससंगै ति सामग्रीको उपयोगमा कमी हुदै आएको सर्वसाधरणको भनाई छ ।

काठबाट ढिकि, ओख्ली बनाइन्छ, भने ढुङ्गाबाट जातो बन्छ ।गाँउघरमा ढिकि, जाँतो र ओख्ली अहिले फाटफुट मात्रमा प्रयोग हुने गरेको छ । सहर बजारमा भने संग्रहालय, पुस्तक, बृतचित्र र प्रर्दशनीमा मात्र देख्न पाइन्छ ।

ढिकि, जाँतो र ओख्ली मानिसले प्रयोग गर्दा धेरै समय लाग्ने र कडा परिश्रम खर्चिनु पर्ने भएकोले पनि प्रयोगमा आउन नसकेको हो । बिना पानीबाट चल्ने घट्टा, बिद्युत्बाट चल्ने मिल तथा मिक्चरको प्रयोगले पनि परम्परागत यस्ता बस्तुको प्रयोग हुन छोडेको हो ।

LIVE TV