१ पुष २०७४, शनिबार

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई  जनताले राजीनामा गराइसकेकोले तत्काल सरकार निर्माण प्रक्रियामा अगाडि बढ्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेको छ ।

अब तत्काल सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनुपर्ने  र  त्यसको विकल्प नभएको र  देउवाले बाधा, अडचन पैदा गरेर खोचे थापेर सरकारको आयु लम्ब्याउनु नहुने ओलीले बताए।

आज आयोजित एक कार्यक्रमा ओलीले आफूहरु लोकतान्त्रिक अभ्यासबाट आएको उल्लेख गरेका हुन्।  ओलीले भने ‘लोकतन्त्र यदि नेपाली कांग्रेसले हुन नदिने हो भने उसले आफ्नो लिओस्, यसरी पहिले पनि ०६४ मा सरकार बन्ने कुरालाई अत्यन्तै घिनलाग्दो कुराले रोकिदियो, ३/४ महिनासम्म सत्ता हस्तान्तरण नगरेर रोकिदियो, अहिले फेरि त्यस्तै गर्न खोज्दैछ, हारेपछि पनि सरकारमा बसिरहन खोज्ने ?

हतारहतार, हारेपछि पनि आफ्ना मान्छे बढि हुनुपर्छ भन्ने, हारेपछि त्यो परिणाम रिफ्लेक्ट नहुने, आग्रहरु रिफ्लेक्ट हुने, संविधानले कहाँ एकल संक्रमणीय भनेर हाम्रा निर्वाचन प्रणालीमा कहाँनिर भनेको छ ? बहुमत ल्याउने निर्वाचित हुने एउटा छ, समावेशी सिद्धान्तका आधारमा समानुपातिक प्रणालीबाट जाने अर्को छ, अनि एकल संक्रमणीय कहाँ छ संविधानमा ?’

उनले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई खोचे थापेर सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाएको छ।

 

LIVE TV