१ पुष २०७४, शनिबार

एजेन्सी । बिहान उठ्नासाथ चिया-कफी पिउने बानी धेरैमा हुन्छ । तर, यस्तो बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले दाँत, मुखमा मात्र होइन, समग्र पाचन यन्त्रमै नकारात्मक असर पु¥याउँछ । चिया-कफीले मुख र दाँतको स्वस्थ्यमा हानी पु¥याउँछ । मुखको क्याविटी र स्वच्छता समग्र शरीरको स्वास्थ्य निर्भर गर्छ । त्यसैले यदि तपाईं बिहान उठेर चिया, कफी पिउनुहुन्छ भने त्यसअघि दाँत र मुख सफा गर्नैपर्छ । किन ?

मुखमा हजारौं सूक्ष्म जीव एवं व्याक्टेरिया पैदा हुन्छ । त्यही कारण हो, बिहान उठ्नासाथ मुखमा दुर्गन्ध आएको । जब तपाईं बिहान उठेपछि तात्तातो चिया, कफी पिउनुहुन्छ, मुखको ब्याक्टेरिया पेटमा पुग्छ । यसले पेटको एसिडल लेवल बढ्छ ।जब ब्याक्टेरिया आनो मुखबाट पेटमा पुग्छ, पाचन क्रियामा असर गर्छ ।बिहान उठ्नासाथ चिया पिउँदा पेट सुन्निने वा इन्फेक्सन हुने खतरा पनि रहन्छ । पेटमा अल्सर हुने सम्भावना बढ्छ ।बिहान खाली पेट चिया पिउनाले आइरनको अवशोषण सही ढंगले हुँदैन ।

यदि तपाईंलाई एनिमिया वा आयरनको कमी छ भने यो थप हानिकारक हुनसक्छ ।भनिन्छ, शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नका लागि बिहान एक गिलास पानी पिउनुपर्छ । बिहान उठ्नसाथ चिया पिउँदा रक्त विकार बढ्छ । रगतमा टक्सिन बढ्नुको अर्थ हो, कलेजो, फोक्सो, मृगौलामा टक्सिनको कारण खतरा बढ्न सक्छ।बिहान उठेपछि मुख सफा नगरी चिया पिउनु पनि मुखको स्वस्थ्यका लागि ठीक हुदैन । यसले दाँतको प्राकृतिक इनामेल र बाहिरी आवरण खराब गर्छ ।

LIVE TV