१ पुष २०७४, शनिबार

काठमाडौं । राजनीतिक सहमतिबिना कुनै पनि राजनीतिक नियुक्ति नगर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

file picture

अध्यक्ष प्रचण्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्वाचनलगत्तै नयाँ जनादेश प्राप्त भएको सन्दर्भमा गभर्नर लगायत कुनै पनि राजनीतिक नियुक्ति नगर्न देउवालाई सचेत गराएका हुन्।

निर्वाचनले नयाँ जनादेश दिएकाले वर्तमान सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा समेत उनीहरुबीच छलफल भएको थियो।

निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रचण्डले पहिलो पटक प्रधानमन्त्री देउवालाई भेट गरेका हुन्। कुनै अत्यावश्यक निर्णय गर्नुपरे राजनीतिक सहमतिमा मात्र गर्न सचेत गराएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

LIVE TV