
प्रदीप
प्रतिनिधिसभा सदस्य को समानुपातिकतको मतगणनाको अन्तिम नतिजा आउँदै गर्दा संसदमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने ५ वटा दलमात्र देखिएको छ । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा ५ राजनीतिक दलले मात्र राष्ट्रिय दलको हैसियतमा केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने देखिएको हो ।
संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने प्रत्यक्षमा एक र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गरन पर्ने प्रावधान तोकिएको छ । समानुपातिकतर्फ को मतगणना अन्तिम चरणमा पुग्दा मात्र ५ दलले थ्रेस होल्ड कटाउने देखिएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतफ सबै भन्दा ठुलो दल बनेको एमालेले समानुपातिकतफ समेत सबै भन्दा धेरै मत ल्याएको छ ।
दोस्रो स्थानमा रहेको कांग्रेसले समेत थ्रेसहोल्ड कटाएको छ । माओबादी केन्द्र, मधेश केन्द्रित दल र संघीय समाजवादी फोरम नेपालले समेत थ्रस्होल्ड कटाएकाले अबको संसदमा यिनै दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने पक्का छ ।