२९ मंसिर २०७४, शुक्रबार

बाग्लुङको ताराखोला बस्तीनजिकै खरबारीबाट लागेको आगो नियन्त्रणबाहिर पुगेको छ । स्थानीयले काडा पोल्न लगाएको आगौ फैलिँदा सामुदायिक वनसम्म फैलिएको आगो नियन्त्रणबाहिर पुगेको हो ।

आगो नियन्त्रण भन्दा बाहिर भएपनि तत्काल बस्तीतर्फ जाने जोखिम भने टरेको छ । ताराखोला गाउँपालिका– ५ औदारा भन्ने ठाउँबाट सुरु भएको आगो फैलिएर वडा नम्बर–४, मसिनाको भीरहुँदै तीनचुले सामुदायिक वन क्षेत्रमा पुगेको छ । बागलुङको धस्मर गाउँभन्दा माथिको जंगलमा अहिले पनि आगो दन्किएको स्थानीयहरुले बताएका छन् । अप्ठ्यारो भीरमा आगो फैलिएको र माथिबाट ढुङ्गासमेत खस्न थालेको स्थानीयले बताएका छन् ।

LIVE TV