२९ मंसिर २०७४, शुक्रबार

एजेन्सी । बर्गर, पिज्जाका साथै अन्य विभिन्न खाले प्याकेट बन्द तथा खुल्ला फास्टफूडहरु कत्तिको खानुहुन्छ रु धेरै खानुहुन्छ भने सावधान । यस्ता फास्टफूडहरुको अधिक सेवनले निकै नकारात्मक असर पार्ने देखिएको छ ।

एक नयाँ शोध अनुसार फास्टफूडमा प्रयोग गरिने दुग्ध तथा खाद्य पदार्थको उत्पादनका साथै प्याकिंगमा थ्यालेट्स नामक रसायन प्रयोग गरिएको हुन्छ । त्यसैले बढि फास्टफूड खाने मानिसहरुको पिसाबमा थ्यालेट रसायनको मात्रा निकै उच्च अर्थात ४० प्रतिशत सम्ब बढि रहेको पाइएको छ ।

अमेरिकाको जर्ज वासिंटन विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर तथा प्रमुख शोधकर्ता अमी जोटाका अनुसार थ्यालेट्सका कारण बच्चा तथा युवाहरुमा विभिन्न खाले स्वास्थ्य समस्या देखिने गरेका छन् ।

इन्भारोमेन्टल हेल्थ पर्सपेक्टिभ जर्नलमा छापिएको शोध अनुसार यो रसायनले मानिसको प्रजनन प्रणालीमा नोक्सान पूराउनुका साथै मानिसलाई नपुंशक बनाउने जोखिम पनि हुन्छ ।

LIVE TV