२९ मंसिर २०७४, शुक्रबार

काठमाण्डौ । चर्चित अन्तर्रा्ष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराति तोडफोड गरेका छन् ।

मार्समेलो आउने भनी प्रतिब्यक्ति २५ सय देखी एक लाख सम्म लिएर आयोजकले करिब ७ हजार दर्शकलाई टिकट बेचेका थिए ।मार्समेलाको प्रतिक्षामा दर्शकहरु रमाइरहका थिए ।तर राती १ बजेतिरमात्र आयोजकले स्वास्थ्यका कारण उनी नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए ।जसकाकारण करीब २ करोड क्षती भएको क्लव सञ्चालकले जनाएका छन् ।

कार्यक्रमका आयोजक रितेश मुडवरी,राजीव महर्जन सहित डेजा भुका सञ्चालहरु जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, क्लबका क्याप्टेन आकाश न्यौपानेलाई पक्राउ गरेको अपराध महाशाखले जनाएको छ ।बिहान ५ बजेतिर मार्समेलोले आफ्नो फेसबुक पेजमा स्वास्थ्यका कारण आफु काठमाडौंमा उपस्थित हुन नसकेको भन्दै क्षमा मागेका छन् ।

LIVE TV