२९ मंसिर २०७४, शुक्रबार

काठमाण्डौ । केहि बर्ष अघिसम्म नेपालका गाँउगाँउबाट गरीबी तथा दोन्दको चपेटमा परेका बालबालीकालाई विभिन्न सेटीङ मिलाएर काठमाडौँका बाल गृहहरुमा ल्याउने र विदेशीहरुलाई धर्मपुत्रकारुपमा बेच्ने प्रवृतीको असर अहिले देखीन थालेको छ । हामीले कार्यक्रमको यस अघिको श्रृङखलामा गोरखाका हिरामान गुरुङलाई उनकै फुपु पर्ने चिम्सी गुरुङको माध्यमबाट धापासीस्थीत असाहाय बालकालीका शिक्षा केन्द्रमा पु¥याइयो । २०५९ सालमा धर्म पुत्र सम्बन्ध नियम कानुन कमजोर रहेको बेला चिम्सी गुरुङ र असाहाय बालबालकिा केन्द्रले सेटीङ मिलाएर हिरा मानलाई केन्द्रमा राखेका थिए ।

परीवारले आँफै बालगृहमा राख्न नमिल्ने कानुनी प्रावधानलार्ई उनीहरुले बालबालीकालाई बालगृहको नजीकै सडकमा छोड्दीन र प्रहरीले भेटेर सोही बालगृहमा लगिदीने सेटीङ मिलाउँथे । यसरीनै हिरामानलाई पनि बालगृहमा राखिएको र सोही केन्द्रबाट आमालाई समेत जानकारी नदिई २०६१ सालमानै धर्मपुत्रका रुपमा स्पेन पु¥याइएको थियो ।
यहि असाहाय बालबालीका शिक्षा केन्दबाट गोरखाकै अन्य २ बालबालीका पनि हिरामानकै शैलीमा विदेश पु¥याइएको छ । गोरखाका कोपीला धमलका छोरा सुनील धमालालाई पनि परीवारको अनुमती विनै धर्मपुत्र बनाएर विदेश पठाए ।गोरखाकै चेप्टी गुरुङकी छोरी रुवीना गूरुङलाई पनि यसरी धमपुत्री बनाएर विदेश पठाइदिएको परीवारको गुनासो छ ।यसरी धापासीमा रहेको बालबालीका शिक्षा केन्द्रबाट गोरखाकै धेरै बालबालीकालाई परीवारको अनुमती विना झुक्काएर धर्मपुत्रका रुपमा विदेश पठाएको छ । र अहिले बालबालीका आफ्नत छोराछोरी खोज्दै छन् ।

२०६७ साल अघि गृह मन्त्रालयमार्फत नै नियमन हुदाँका बखतमा बाहिरीएका बालबालीकाको अहिले समस्या आएको अन्तरदेशीय धर्मपुत्र,धर्मपुत्री व्यवस्थापन विकास समितीको दाबी छ । समितिका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठका अनुसार हिरामान गुरुङको बिषयमा असाहाय बालकालीका शिक्षा केन्द्र तथा उनकै आफन्तको पनि केही कमजोरी देखिएकाले केन्द्रको यो बर्ष दर्ता नविकरण गरीएको छैन। यसरी कमजोर कानुनको फाइदा उठाउँदै गिरोको सेटीङ मिलाएर धर्मशन्तानको नाममा विदेश पु¥याइएका बालबालीका र उनका परीवार अहिले न्यायको खोजीमा भउँतारीदै छन् ।

LIVE TV