
काठमाण्डौ । विवादको रुपमा हेरिएको नेपाली राष्ट्रिय खेलाडीलाई एभरेष्ट प्रिमियर लिगलाई आइसिसिले मान्यता प्रदान गरेको छ । राष्ट्रिय खेलाडीहरुलाई समेत सहभागी हुन प्रतिबन्ध लगाउँदै विवादमा तानिएको इपिएललाई मान्यता प्रदान गर्दै नेपालमा हुने लिग क्रिकेट खेललाई औपचारिक मान्यता दिएको हो ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबारबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल)लाई मान्यता प्रदान गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई अब ढुक्क भएर प्रतियोगिता खेल्ने बातावरण बनेको छ । आयोजक इपिएल प्रा.लि.ले विज्ञप्ती जारी गर्दै आइसिसीले राष्ट्रिय तथा विदेशी खेलाडीहरुलाई प्रतियोगिता खेल्न स्वीकृति दिएको जनाएको छ । साथै विज्ञप्तीमा आइसिसीले इपिएललाई मान्यता दिएको कुरा आफ्ना सवै सदस्य राष्ट्रहरुलाई जानकारी पनि गराएको उल्लेख छ ।
यसअघि आइसिसीले नेपालको सदस्यता निलम्बनमा रहेको र नेपाली खेलाडीहरुलाई आइसिसीले व्यवस्थापन गरिरहेकाले नेपाल भित्र हुने कुनैपनि प्रतियोगिताका लागि आइसिसीको स्वीकृती अनिवार्य भएको जनाएको थियो ।