
सप्तरी । किर्ते नेपाली नागरिकता बनाउने एक गिरोह प्रहरीको पक्राउमा परेको छ । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने सरकारी कर्मचारी, सहयोगीहरु पक्राउ परेका हुन् ।
पक्राउमा वडा सचिव, प्रशासन कार्यालयका कार्यालय सहयोगी सहित नागरिकता बनाउन आएका दुई जना भारतीय पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १० का सचिव वर्ष ४९ का वकील मियाँ, जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी ३० वर्षीय अजय कुमार यादव, सुनसरी हरीपुरका ५५ वर्षीय कलिम मियाँ, झापाको बिर्तामोड नगरपालिका ४ का २० वर्षीय मो.सईरो छन् ।
३१ वर्षीय भारतीय नागरिक मो. लतिफुर रहमान र भारतको किसनगंज ग्राम तिवरिया थाना कोचाधामन घर भई हाल जिल्ला झापा बिर्तामोड न.पा. १ बस्ने बर्ष २६ का मो.नवेद छन् ।