२८ मंसिर २०७४, बिहीबार

खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (एमाले) का विजयी विशाल भट्टराई पूर्वी पहाडी जिल्लाकै सबैभन्दा बढी मत ल्याउने उम्दवारमा परेका छन्।

सोलुखुम्बु, भोजपुर,ओखलढुंगा, धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरमा वाम गठबन्धनकातर्फबाट विजयी उम्मेदवारले पाएको मतान्तरमध्ये भट्टराईले पाएको मतान्तर सबैभन्दा बढी रहेको छ ।

भट्टराई निकटतम् प्रतिस्पर्धीले भन्दा १४ हजार ३७२ बढी मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिस किशोर घिमिरेले बताए । कांग्रेसकी सरस्वती बजिमयले २३ हजार ४६५ मत ल्याउँदा भट्टराईले ३७ हजार ८३७ मत ल्याएका हुन्।

पूर्वी पहाडी जिल्लामा सबैभन्दा बढी मतान्तरमा विजयी हुने एमाले वरिष्ठ नेता झलनाथ खनाल (इलाम) पछि सबैभन्दा बढी मत पाएर विजयी हुने प्रतिनिधिसभा सदस्यको सूचीमा भट्टराईको नाम परेको छ ।

 

LIVE TV