२८ मंसिर २०७४, बिहीबार

काठमाडौमा व्यक्तिगत लगानीबाट सञ्चालित अस्पतालहरुले विरामीबाट धेरै शुल्क लिएको, औषधिको प्रयोगमा लापरवाही गरेको, विरामीहरुलाई गरिने व्यवहार राम्रो नभएको जस्ता गुनासाहरु सामान्य बनिसकेका छन् । यस्तै गुनासोहरुको निरुपण गर्ने निकायहरुले अनुगमनलाई पुनः तीब्रता दिएका छन । यही क्रममा बिहीबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र जनस्वास्थ्य कार्यलय काठमाडौको समन्वयमा ईसान बाल तथा महिला अस्पतालमा अनुगमन गरिदा भनाई र गराईमा धेरै भिन्नता पाइएको छ ।

व्यक्तिगत लगानीबाट सञ्चालित अस्पतालहरुमा सेवाग्राहीहरु ठगिने प्रबृत्ति सामान्य जस्तै बनेको छ । अस्पतालहरुले आफ्नो विज्ञापनको लागि भन्ने भनाई र गराईमा धेरै नै अन्तर आउने गरेको छ । र यस्तै भएको पाईएको छ ईसान बाल तथा महिला हस्पिटलमा । अनुगमन गर्नका लागि सरकारी टोली अस्पताल पुग्दा अस्पतालका प्रशासन प्रमुखको भनाई र गराईमा धेरै नै अन्तर आएको छ ।

अनुगमन गर्ने सरकारी कर्मचारीका अगाडि अस्पतालको व्यवस्थापनका कुराहरु निकै राम्रो भएको बताएका थिए । उनीसंग सोधपुछ गर्दा जनरल बेडको चार्ज एक हजार, बिरामी कुरुवालाई बस्नका लागि दिईने कोठा निशुल्क भएको बताएका थिए । तर बिरामी कुर्दै आएका आफन्तले अस्पतालले आफुसंग प्रति बेड दिनको १३ सय ६० र कुरुवा बसेको बेडको ५ सय ५० रुपैयाँ लिदै आएको तर त्यसको बिल भने दिने नगरेको गुनासो गरे ।

अनुगमनका क्रममा अस्पतालको व्यवस्थापन देखि लिएर फार्मेसी स्टोर, बिलिङ प्रणली, बेड चार्ज, फोहोर व्यवस्थापन जस्ता विषयमा अस्पतालको त्रुटि देखिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिनुभयो ।

बाइट ः दिपकराज पोखरेल, शाखा अधिकृत, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग
आफुहरुबाट कमजोरी भएको स्वीकार गर्दै आगामी दिनहरुमा यस्ता कमी कमजोरीहरुलाई सुधार गर्दै लैजाने हस्पिटल प्रशासनका प्रमुख विपिन जङ्गमले प्रतिबद्धता समेत जनाउनुभयो ।

यो त एउटा उदाहरण मात्र हो । काठमाडौ मात्र नभएर देशका बिभिन्न स्थानमा रहेका यस्ता व्यक्तिगत लगानीबाट सञ्चालित अस्पतालहरुमा यावत् समस्याहरु समान्य जस्तै हुन । यस्ता समस्यालाई निराकरण गर्नको लागि अनुगमन मात्र गरेर हुने अवस्था छैन । कर्मकाण्डी शैलीको अनुगमनबाट उठेर त्यसलाई व्यवहारमा देखाउन उत्तिकै जरुरी छ ।

LIVE TV