२८ मंसिर २०७४, बिहीबार

कानुनी रूपमा आफैंले आफैंलाई मार्न पाइने कानुन संसारका थोरै देशमा मात्र मान्य छन्। तपाईँलाई अनौठो लाग्न सक्ला भिक्टोरिया राज्यमा आफैंले आफैलाई मार्न पाइने भएको छ। अष्ट्रेलियामा यतिखेर एउटा बिरलै देशमा रहेको कानुनी प्रावधानले मुर्तरूप लिएको छ।

मर्न चाहाने व्यक्तिले सबैभन्दा पहिले आफ्नो चिकित्सक सँग आग्रह गर्नुपर्छ। नीज बिरामीलाई हेरेका चिकित्सकले मृत्युका लागि सिफारीस दिनुपर्ने हुन्छ। यो प्रक्रियामा चिकित्सकले विरामीको रोग र उसको चाहनालाई अनि अवस्थालाई पृष्टी गर्नुपर्ने हुन्छ।

त्यसपछि विरामीलाई सहज मृत्युवरण गराइन्छ र परिवारजनलाई मृत्युको प्रमाणपत्र उपलब्ध गराइन्छ। चिकित्सकले दुई जना विरामीको आफन्तबाहेक थप एक जना चिकित्सकको साक्षीमा इच्छा मृत्युवरण गर्न चाहाने व्यक्तिले हस्ताक्षर गराउँछन् र यो प्रकृया पुरा हुन्छ। त्यसपछि चिकित्सकले बिरामी व्यक्तिले मृत्युवरण गर्न चाहेको पुष्टि गर्छ ।

गत नोभेम्बरमा भिक्टोरियाको सांसदले इच्छामृत्युको विधेयक पारित गरेको हो। उक्त विधयेक पारित भए पनि कानुन भने सन् २०१९ बाट मात्र बन्ने छ। सो कानुन अनुसार उपचार नहुने रोग लागेका या असह्य पीडामा भएका बिरामीहरुले आफ्नो जीवन समाप्तीका लागि आग्रह गर्नसक्नेछन्। तर त्यसका लागि भने विरामीको अपेक्षित आयु ६ महिना या सो भन्दा कम हुनुपर्छ।

न्यूरोडिजेनेरेटेड रोगबाट ग्रस्त विरामीका लागि भने यो अवधि १ वर्ष तोकिने बताइएको छ। इच्छामृत्युका लागि आग्रह गर्न निज व्यक्ती कम्तिमा पनि १८ वर्ष पुगेको र एक वर्षदेखि सो राज्यमा बसोवास गरेको हुनुपर्नेछ।

 

 

LIVE TV