
वीरगञ्ज । निर्वाचनका लागि पर्सामा खटिएका म्यादी प्रहरीहरुले बिहिबार वीरगञ्जमा चक्काजाम गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साले राज्यले तोकेको भन्दा कम सेवा सुविधा दिन लागेकोले म्यादीहरु आन्दोलित भएको हो।
जिल्ला प्रहरीमा गएर उनीहरुले गुनासो गर्दा कुनै सुनुवाई नभएको भन्दै घण्टाघर चोकमा दिउँसो साढे ३ बजेबाट चक्का जाम गरेका छन् ।
पर्सामा पहिलो चरणमा खटिएका म्यादी प्रहरीहरुलाई ६२ हजार दिएको भएपनि ४८ हजार मात्रै दिन लागेको आरोप उनीहरुले लगाएका छन् ।