२८ मंसिर २०७४, बिहीबार

चितवन। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत वामपन्थी गठवन्धनले बहुमत हासिल गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी गठवन्धनले बहुमत हासिल गर्दा छिमेकी देशहरुले आत्तिनु पर्ने आवश्कता नरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले वाम गठवन्धनको उत्साहजनक जीतबाट कसैले पनि आत्तिनु नपर्ने  नेपाल पत्रकार महासंघले बिहीवार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बताए ।

‘विश्व समुदायले अति नै चासो र गहिरो ढंगबाट हेरेका छन,’ प्रचण्डले भने, ‘वामपन्थीले जित्दा अधिनायकवाद आउँछ भनेर गरिएको प्रचार गलत सावित गरेको छ ।’

सबै मिलेर जारी भएको लोकतान्त्रिक संविधानअनुसार नै नयाँ सरकार अगाडि बढ्ने पनि प्रचण्डले बताए  ।

LIVE TV