२८ मंसिर २०७४, बिहीबार

काठमाडौं । चार पांग्रे सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्ने सरकारले  निर्णय गरेको छ । यातायात व्यवस्था विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चार पांग्रे सवारीले आगामी असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो ।

प्रदेशसभा गठनका लागि अन्तिम तयारी भइरहँदा इम्बोस्ड प्लेट जडान सुरु गरिहाल्ने विभागको निर्णयमा उपभोक्ता भने सन्तुष्ट छैनन् । फेरि प्लेटमा प्रदेशका नाम उल्लेख गर्ने बाहनामा उपभोक्तामाथि आर्थिक भार थोपरिने अवस्था आउने उनीहरूको भनाइ छ ।

प्लेटमा प्रदेशको संकेत नमबर मात्रै राखिने भएकाले तत्कालै प्रदेशको नामाकरण भएपछि फेरि शुल्क उठाउँदै प्लेट परिवर्तन गर्न लगाउने अवस्था आउने तर्क उपभोक्ताले गरेका छन् ।

 

LIVE TV