२८ मंसिर २०७४, बिहीबार

काठमाडौं । नेपालले एसिसी यु–१६ पूर्व क्षेत्रीय प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । नेपालले बिहीबार थाइल्यान्डमा भएको तेस्रो खेलमा म्यानमारलाई ३ सय ३७ रनले पराजित गरेको हो।

लगातार तेस्रो जितसँगै नेपाल समूह ‘ए’ को विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको छ । नेपालले दिएको ३ सय ५१ रनको लक्ष्य पछ्याएको म्यानमार ११.३ ओभर पिचमा टिक्दै १३ रनमै अलआउट भयो।

म्यानमारका लागि हेन आङले सबैभन्दा बढी ३ रनको योगदान गरे। म्यानमारको इनिङ ध्वस्त पार्न नारायण जोशी र मेखबहादुर सेन थापाले ४–४ विकेट लिए। दुवैले ४–४ ओभर बलिङ गरे। नारायणले १ रन तथा मेखले ४ रन खर्चिए। विशाल केसीले १ विकेट लिए।

LIVE TV