२८ मंसिर २०७४, बिहीबार

एजेन्सी । यो वर्षपनि वलिउडमा धेरै फिल्महरु रिलिजमा आए तर कुनै पनि फिल्मले साउथ फिल्म ‘बाहुबली २’लाई टक्कर दिन सकेनन् । प्रभाष अभिनित यो फिल्म यस्तो एउटा फिल्म बन्यो जुन फिल्मलाई गुगलमा सबै भन्दा बढी खोजिएको छ ।

प्रभाष अभिनित ‘बाहुबली २’ फिल्मलाई २०१७ मा गुगलमा सबैभन्दा बढी खोजिएको फिल्म बनेको छ । यो फिल्म यस वर्षको सुपर डुप्पर हिट फिल्म बनेको छ । साथै, यो वर्षको बक्स अफिसमा कमाई गर्ने फिल्म पनि बनेको छ । यो फिल्मको रेकर्डलाई बलिउडमा यो वर्षको कुनै पनि फिल्मले तोड्न सकेको छैन ।

त्यस पछि यो वर्षको सबै भन्दा बढि चर्चित फिल्म आमिर खानको दंगल बनेको छ । यो फिल्मले पनि दर्शकहरुको राम्रो साथ मिलेको थियो । गुगल ट्रेण्डमा दंगल पछि हाफ गर्लफ्रेण्ड छ । चेतन भगतको किताबमाथि आधारित यो फिल्मले बक्स अफिसमा राम्रो गर्न नसकेपनि गुगल ट्रेण्डमा सबैभन्दा बढी सर्च गरिएको छ ।

LIVE TV