२८ मंसिर २०७४, बिहीबार

सिराहाको लहानमा बम विष्फोट हुँदा एक गम्भीर घाइते भएका छन् । साइकलमा राखिएको बम ठूलो आवाजमा पड्किएको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतका यातायात केहीबेर अवरुद्ध भएका थिए । साइकलमा राखिएको बम शक्तिशाली हुन सक्ने अनुमान गरिएको छ ।

विष्फोटबाट घाइते भएकालाई उपचारका लागि लहान अस्पतालमा लगिएको प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरीले सुरक्षा दिएको छ भने थप अनुसन्धान भइरहेको बताइएको छ ।

LIVE TV