
काठमाडौं । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भइसक्दा समानुपातिकको मतगणना जारी छ । अहिलेसम्मको परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोश्रो र माओवादी तेश्रो स्थानमा रहेको छ ।
समानुपातिकमा पनि नेकपा एमालेले नै आफ्नो बर्चश्व कायम गर्न सफल बनेको छ । एमाले अगाडि रहेको छ भने कांग्रेसले सँगसँगैको हाराहारीमा पछ्याउँदै छ ।
नयाँ शक्तिको रुपमा उदायको साझा विवेकशीलले राम्रै मत पाएको छ । यस्तै समानुपातिकमा अहिलेसम्म संघीय फोरम, राजपाले थ्रेस होल्ड कटाएका छन् । भने अन्य साना दलहरु सकिने अवस्थामा पुगेका छन् ।