२८ मंसिर २०७४, बिहीबार

आर्यन सिग्देलको जोडी बनेर सबैको वाहवाही बटुल्न सफल नायिका नम्रता श्रेष्ठ झन्डै ६ महिनादेखि चुपचाप छिन् ।संख्या बढाउन   भन्दापनि गुणस्तरिय फिल्म गर्ने नायिकाको रुपमा परिचित नम्रता श्रेष्ठ झन्डै ६ महिनादेखि चुपचाप छिन् । फिल्ममा निकै रुचाइएकी नम्रता यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘पर्व’पछि पर्दामा देखिएकी छैनन् ।

उनि निकै कम फिल्म छानेर गर्ने कारणले पनि होला प्रायः आर्यन सिग्देल संगको हिट फिल्म गरेकी नम्रता पछिल्लो चोटी  फिल्म ‘पर्व’मा  नायक तथा संगीतकार कोशिश क्षेत्रीसँग जोडी बाँधिन् । ‘पर्व’को असफलतापछि नम्रता हाल कुन फिल्मको तयारीमा जुटेकी छिन् त्यो कमैलाई थाहा छ ।

खबरअनुसार, उनी आफ्नै होम प्रोडक्शनको फिल्ममार्फत स्क्रिनमा आउंदै छिन स्रोत अनुसार, नम्रताको नयाँ फिल्मलाई ‘क्लासिक’ फेम निर्देशक दिनेश राउतले निर्देशन गर्दैछन् ।

LIVE TV