२८ मंसिर २०७४, बिहीबार

राजधानीका मुख्य चोकहरुमा अबको केहि महिना भित्र  ट्राफिकको हातको इसाराको साटो स्मार्ट ट्राफिक लाइट बाल्ने भएको छ महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा ट्राफिक लाइट जडान गरिने भएको हो।

यसको  जिम्मा यार्सा टेक्नोलोजीले पाएको छ। पहिला ट्राफिक लाइट जडान गरिएका ११ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने र पछि अन्य स्थानमा पनि विस्तार हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालले बताए।हाल यो जडान प्रक्रिया अघि बढिसकेको जस अन्तर्गत नयाँबानेश्वर र महाराजगन्ज नारायणगोपाल चोकमा जडान सुरु गरिसकेको र लगत्तै  केशरमहल, दरबारमार्ग, पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, माइतीघर, कालिमाटी, गौशाला, तिनकुने लगायत स्थानमा ट्राफिक लाइट जडान गरिने यार्सा टेक्नोलोजीले  जानकारी दिएको छ ।

 

LIVE TV