
विनय तिम्सिना
इलाम नगरपालिका ८ तिल्केनीमा वेवारिसे अवस्थामा हतियार फेला परेको छ ।
बेवारिसे अवस्थामा राखेको ३ थान इन्डियय पेस्तोल, ८ राउण्ड सोही पेस्तोलमा लाग्ने गोली समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्था देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।खबर पाएपछि प्रहरी नयाव उपरीक्षक रमेश वस्नेत कमाण्डमा खटिएको टोलीले बेवारिसे अवस्थामा राखेको हतियार बरामद गरेको हो ।