२८ मंसिर २०७४, बिहीबार

काठमाडौं । फिल्म ‘मिस्टर भर्जिन’ निर्माणको घोषणा भएको छ । तीन यूवाको यौन मनोविज्ञानको कथालाई यो फिल्मले प्रस्तुत गर्ने निर्माण पक्षले बताएका छन् । वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसन प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, श्रृजना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

file picture

शुक्रबारदेखि छायांकनमा जाने यो फिल्मलाई विशारद बस्नेतले निर्देशन गर्दैछन् । नाम सुन्दा यो फिलम एडल्ट जस्तो लागेपनि परिवार एकसाथ बसेर हेर्न मिल्ने निर्देशक बस्नेतले बताए । आउँदो बर्षको वैशाखको अन्तिम साता फिल्म रिलिज गर्ने लक्ष्य राखिएको छ । फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहनेछ ।

फिल्ममा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेतको लगानी रहनेछ ।

LIVE TV