२८ मंसिर २०७४, बिहीबार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामपन्थीहरुनै लोकतान्त्रिक भएको बताएका छन् । पत्रकार महासंघ चितवनले जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आयोजना गरेको शुभकामना कार्यक्रममा प्रचण्डले वामपन्थीहरु नै बढी लोकतान्त्रिक भएको र विगतका घटनाक्रमले पनि प्रष्ट गरेको बताएका छन् । साथै उनले पहिलोपटक निर्वाचन लडेजस्तो अनुभूति भएको पनि बताएका छन् । उनले नयाँ सरकार संविधानको भावना अनुरुप अघि बढ्नेसमेत प्रष्ट पारे ।

कांग्रेससहित केही शक्तिले वामपन्थीले जिते मुलुकमा अधिनायकवाद ल्याउने र निरंकुशता जन्मने बताइरहेका बेला प्रचण्डले सबै मिलेर जारी भएको लोकतान्त्रिक संविधान अनुसार नै नयाँ सरकार अघि बढ्ने बताए ।

राजनीतिक स्थायित्व र देश विकासका लागि वामपन्थी शक्तिहरुले ल्याएको एजेण्डालाई नेपाली जनताले अनुमोदन गरेको उनको दावी छ । ‘जनताले स्थिरता, सुशासन र भष्टाचारमुक्त शासन व्यवस्थाको अपेक्षा गरेको छन्’ प्रचण्डले भने, ‘हाम्रा यिनै एजेण्डालाई जनताले उत्साहजनक ढंगले रेस्पोन्स गर्नुभएको छ । जनअपेक्षा अनुसार आफूलाई खरो उतार्ने छौं ।’

वाम गठवन्धनको उत्साहजनक जीतलाई विश्व समुदायले ध्यानपूर्वक हेरेको भन्दै अध्यक्ष प्रचण्डले वामपन्थीले जित्दा अधिनायकवाद आउँछ भनेर गरिएको प्रचारलाई अन्र्तराष्ट्रिय समुदायले पनि नपत्याउने बताए ।

माओवादी अध्यक्ष प्रचण्डले जीवनमा पहिलोपटक निर्वाचन लडेजस्तो अनुभूति भएकोसमेत बताए । पहिलोपटक रोल्पामा चुनाव लड्दा एकपटक मात्रै गएँ, काठमाडौंमा पनि खासै चुनावमा हिँडिनँ । सिरहाको चुनाव प्रचारप्रसारमा पनि खासै जुटिनँ । तर, यसपटक भने चुनावमा हुने सबैखाले तीतामिठा अनुभव गर्न पाएँ, जनतासँग नजि
कबाट जनभावना बुझेजस्तो भयो ।’

LIVE TV