२८ मंसिर २०७४, बिहीबार

विनय

इलाम नगरपालिका वडा नम्बर ४ डाँडागाउँमा गए राति भएको आगलागीमा परि स्थानिय पबित्रा नेपालीको मृत्यु भएको छ । आगलागिमा परेर गम्भीर घाइते भएकी विकलाई थप उपचारका लागि झापा लैजाने क्रममा मृत्यु भएको हो ।

आगलागीबाट घर पूर्ण रुपमा नस्ट भएको छ । स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । बिब्लाटे बस्ने भोबिन्द्र नेपालीको घरमा टुकी बत्तिबाट आगलागी भएको थियो । घरमा भएका अन्नपात र लत्ताकपडा भाडावर्तन गरी तीन लाख भन्दा वढीको क्षती भएको अनुमान गरिएको छ ।

LIVE TV