२७ मंसिर २०७४, बुधबार

पोल्याण्डको नयाँ सरकार बुधबार संसदबाट अनुमोदीत भएको छ । प्रधानमन्त्री मातेउज मोरावीक्की नेतृत्वको सरकारविरुद्धको अविश्वासको प्रस्ताव विफल भई सरकार अनुमोदीत भएको हो ।

तल्लो संसदमा रहेका ४३५ सांसदमध्ये २४३ जनाले सरकारलाई विश्वासको मत दिएका छन् ।

बिहानै प्रधानमन्त्रीले संसद अगाडि सम्बोधन गर्नुभएको थियो । उहाँले देशलाई आधुनिकीकरण गर्ने आफू नेतृत्वको सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्रीले आफ्नो भाषणमा देशको आधुनिकीकरणको आवश्यकताका बारेमा धेरै व्याख्या गर्नुभएको थियो ।

उहाँले स्वास्थ्य सेवाका क्षेत्रमा बजेट बढाउने, आधुनिक यातायात प्रणाली लागू गर्ने, हिंसा रोक्ने गाँउ र कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नेलगायतका योजना पनि सुनाउनु भयो ।

वैदेशिक सम्बन्धको विषयमा उहाँले युरोपेली संघ (ईयू) पोल्याण्डलाई नचाहिएको बताउँदै ईयूले आफ्नो मूल्य फर्काउनु पर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री मोरावीक्कीले पूर्वी युरोप, एसिया, अफ्रिका र मध्यपूर्वका देशसँगको सम्बन्ध विकास गर्ने घोषणा पनि गर्नुभयो ।

उहाँले यसअघिका प्रधानमन्त्री बेटा सिड्लोलाई विस्थापित गरेर नयाँ प्रधानमन्त्री बन्नु भएको हो ।

LIVE TV