२७ मंसिर २०७४, बुधबार

शुक्रबारसम्म प्रतिनिधिसभा र प्रदेशसभाको सबै नतिजा सार्वजनिक आइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले तयारीअनुसार नै निर्वाचन सम्पन्न भएको ८ दिनभित्रै अन्तिम नजिता आउन लागेको हो ।

‘शुक्रबारसम्म सबै नजिता आउछ,’ आयोगका प्रवक्ता नवराज ढकालले नेपाललाइभसँग भने,‘हामीले भनेअनुसार नै ८ दिनभित्रै सबै नजिता सार्वजनिक गर्न सफल हुन्छौं ।’

स्थानीय तहको निर्वाचनमा नजिता सार्वजनिक हुन एक महिनासम्म लागेको थियो । त्यसको तुलनामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना छिट्टै भएको छ । ‘हामीले पहिलेभन्दा धेरै व्यवस्थित ग¥यौं,’ प्रवक्ता ढकाल भन्छन्,‘यसपटकको मतपत्र पछि छरितो भएकाले गणना गर्न छिटो भयो ।’

बुधबारसम्म प्रत्यक्षतर्फको सबै मतगणना सम्पन्न भइसकेको छ । समानुपातिकतर्फपनि ७० प्रतिशत गणना सकिएको आयोगले जनाएको छ ।

LIVE TV