२७ मंसिर २०७४, बुधबार

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ६७ प्रतिशत मतगणना सम्पन्न भएको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ६८ लाख ४२ हजार ४ सय ४६ मत गणना भइसकेको छ ।

समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ । कांग्रेसभन्दा एमाले ८८ हजार मतले अघि छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा कांग्रेसभन्दा १३ सिट धेरै जितेको माओवादी केन्द्र समानुपातिकमा भने एमाले र कांग्रेसको तुलनामा कमजोर देखिएको छ ।

हालसम्मको परिणामअनुसार नयाँ शक्ति पार्टी नेपाल, राप्रपा९प्रजातान्त्रिक०, राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाउन नसक्ने देखिएको छ । राप्रपा र विवेकशील नेपालले पनि थ्रेसहोल्ड कटाउन सकेकन छैनन्, तर उनीहरु थ्रेसहोल्डको नजित छन् ।
कसको कति मत
एमाले– २३ लाख ६० हजार ८ सय ६
कांग्रेस– २२ लाख ७२ हजार ६ सय ९२
माओवादी केन्द्र–९ लाख २५ हजार ५ सय ६३
संघीय फोरम– ३ लाख २१ हजार ८ सय ८३
राजपा– २ लाख ५६ हजार ५ सय ६५
राप्रपा– १ लाख ५४ हजार ९ सय ८९
विवेकसील– १ लाख ५४ हजार ३ सय ८१
नयाँ शक्ति– ६४ हजार १ सय ६
राप्रपा९प्रजातान्त्रिक०– ५५ हजार २ सय ९५
राष्ट्रिय जनमोर्चा–३८ हजार ५ सय ७९

LIVE TV