२७ मंसिर २०७४, बुधबार

झापा । ९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक बुधबार झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम बंगाल, आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् ।

उनलाई इप्रका दमकले दमक–६ स्थित सब्जी बजारबाट नक्कली ४८ थान भारतीय रुपैयाँ दुई हजारको नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका मियाँलाई इप्रका दमकमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनलाई मुलुकी ऐनको महल–६ को दफा–८ अन्तर्गत् खोटाचलन मुद्दा चलाइने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले लिम्बूले बताए ।

LIVE TV