२७ मंसिर २०७४, बुधबार

मतदाता शिक्षा प्रभावकारी नहुँदा भोजपुरमा समानुपातिकतर्फ ९ हजार बढी मत बदर भएको छ। भोजपुरको दुवै क्षेत्र गरी जम्मा ९ हजार १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

६५ हजार ९ सय ८ मत खसेकामा सदर मत भने ५६ हजार ८ सय ९३ रहेको थियो। त्यस्तै, ९ हजार १५ मत बदर भएको छ। दुईवटा क्षेत्र रहेको भोजपुरमा प्रदेश ‘क’ बाट ५ हजार ८ सय ५१ मत बदर भएको छ भने प्रदेश ‘ख’ बाट ३ हजार १ सय ६४ मत बदर भएको हो।

यसैगरी, प्रत्यक्ष तर्फको मत गणनामा पनि १० प्रतिशतको हाराहारीमा मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। समयमा प्रभावकारी मतदाता शिक्षा नहुँदा धेरै मत बदर भएको निर्वाचन कार्यलयले दाबी गरेको छ।

LIVE TV