२७ मंसिर २०७४, बुधबार

भक्तपुर । नेपाली काँग्रेस भक्तपुरले पनि प्रदेश सभाको राजधानी भक्तपुरमै हुनुपर्ने भन्दै बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग पेश गरेको छ ।

भक्तपुर काँग्रेसका सभापति दुर्लभ थापाले यसका लागि सहकार्य र सहमति जुटाउन एमालेसहतिका दलहरुलाई समेत आग्रह गर्नुभएको छ । सरकारले भक्तपुरको सानोठिमी क्षेत्रलाई ३ नंम्बर प्रदेशको राजधानीका लागि प्रस्ताव गरेको छ । भक्तपुर राजधानीका लागि उपयुक्त भएको भन्दै सभापति थापाले यसका लागि काँग्रेसले अभियाननै चलाउने बताउनुभयो ।

भक्तपुरको सानोठिमी क्षेत्रमा राजधानी सञ्चालकना लागि भौतिक संरचना पर्याप्त रहेका छन । सरकरले सानोठिमी, बोडेस्थित कृषि विकास तालिम केन्द्र पनि प्रदेश राजधानीका लागि उपयुक्त रहेको निश्कर्ष समेत निकालेको छ । मुख्यमन्त्रीका लागि बोडेको कृषि विकास तालिम केन्द्र र मन्त्रालयहरुका लागि सानोठिमीमा रहेका सरकारी भवनहरु पर्याप्त भएको बताईएको छ । ०००

LIVE TV