२७ मंसिर २०७४, बुधबार

प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचन सम्बन्धि कानुन तत्काल उपलव्ध गराउन सरकारसंग आग्रह गर्नु भएको छ । उहाँले कैलाली एकबाट निर्वाचित रेशम चौधरीको प्रमाणपत्र संसद सचिवालयमा बुझाउने तयारी गरिएको जानकारी पनि दिनु भएको छ ।

वुधवार राजधानीका आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त यादवले राष्ट्रिय सभाको निर्वाचन गर्ने समयसीमा कम भएकाले राष्ट्रिय सभा निर्वाचन सम्बन्धि कानुन तत्काल उपलव्ध गराउन सरकारसंग आग्रह गर्नुभयो । समयसीमाको अभावका कारण कानुन निर्माण नभएको भएपनि निर्वाचन आयोगले नियमावलीको निमार्ण कार्य भने थालेको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिनु भयो ।

कैलाली एकवाट निर्वाचित राष्ट्रिय जनता पार्टीका रेशम चौधरीको निर्वाचित प्रमाणपत्र प्रदान गर्ने विषयमा भएको विवादको विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेद्वारी दर्ता गराउने विषयमा वारेशनामाको व्यवस्था भएको तर प्रमाणप्रत्रका विषयमा कानुनले केही नवोलेकाले आयोगले चौधरीको प्रमाणपत्र संसद सचिवालयमा वुजाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोग छोटो समयको निर्वाचन मतदाता शिक्षा कार्यक्रमका बाबजुद पनि वदर मत घटाउन सहयोग गरेको वताउदै ५ दशमलव १८ प्रतिशत मत मात्र वदर भएको बताउनुभयो ।

LIVE TV